nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

नागरिक समाजको सहभागिता गराउन कानूनमन्त्रीलाई अनुरोध

सार्वजनिक निति निर्माण तथा कार्यान्वयन प्रक्रियामा नागरिक समाजको अर्थपुर्ण सहभागिता गराउन माग गर्दै प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेललाई अनुरोध पत्र बुझाईएको छ । प्रदेश सरकार, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकामा नागरिक समाजको सहभागिता गराउन आग्रह गर्दै मकवानपुरका नागरिक समाजले बिहीबार संयुक्त रुपमा अनुरोध पत्र बुझाएको हो ।

सात बुँदे अनुरोध पत्रमा नेपालको संविधान २०७२ को धारा २२६ अनुसार स्थानीय सरकारले विभिन्न कानुन बनाउन सक्ने अधिकारको व्यवस्था गरे अनुसार स्थानीय तहको नीति निर्माण प्रक्रियालाई अर्थपुर्ण, सहभागितात्मक र जनमुखी बनाउन माग गरिएको छ । ‘संघ र प्रदेश मातहतका कार्यालय, गाउँपालिका र नगरपालिकाहरुबिच समन्वय, सहकार्य गर्ने, विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम र अनुगमन गर्न, प्रदेश कानुन वमोजिमका अन्य कार्यहरु गर्ने जस्ता महत्वपुर्ण भुमिका संविधानमै प्रष्ट उल्लेख गरिएकोे प्रावधानलाई प्रभावकारी कार्यान्वयन गराउनुपर्ने र अपांगता भएका व्यक्ति, महिला, बालबालिका, दलित, पछाडी पारिएका वा परेका समुदायको क्षेत्रमा बनेका नीति नियमको प्रभावकारी कार्यान्वयन गराउन आग्रह गर्दछौं,’ अनुरोध पत्रमा उल्लेख छ ।

नागरिक समाजको अर्थपुर्ण संलग्नता सम्बन्धी नेपाल सरकारले गरेका अन्र्तराष्ट्रिय प्रतिवद्धताहरुको कार्यान्वयनलाई वास्तविक रुपमा जोड दिनुपर्ने भन्दै स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को प्रक्रिया अनुसार बनाईएका ऐन तथा नीतिहरुको प्रभावकारी कार्यान्वयन गर्न गराउन पनि अनुरोध गरिएको छ ।

साथै, स्थानीयस्तरको नीति निर्माणपुर्व पालिकास्तरमा गैरसरकारी संस्था महासंघको प्रतिनिधित्व सहितको जानकारी बैठक बस्ने व्यवस्था गर्नुपर्ने, ड्राफ्ट गरिएका नीति नियममा सम्बन्धित क्षेत्रका अनुभवी नागरिक समाजबिच छलफलको व्यवस्था गर्नुपर्ने र स्थानीयस्तरको नीतिगत प्रावधानमा राखिने विविध संरचना तथा समितिमा गैरसरकारी संस्था महासंघको प्रतिनिधिको सहभागिता सुनिश्चित गर्न पनि अनुरोध पत्रमार्फत् माग गरिएको छ ।

गैरसरकारी संस्था महासंघ मकवानपुरकी उपाध्यक्ष रमिला सापकोटाको नेतृत्वमा गएको टोलीमा नेपाल आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष तीर्थबहादुर थापा मगर, सामुदायिक वन उपभोक्ता महासंघका जिल्ला अध्यक्ष साधुराम चौलागाई, डेक नेपालका कार्यक्रम संयोजक मानबहादुर वाईबा, ईस्थर वेन्जामिनका कार्यक्रम संयोजक बुद्ध लामा, फियानकी कार्यक्रम संयोजक रेश्मी कार्की लगायतको सहभागिता रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)