Saturday, 20th June, 2026
वि.स.

नागढुङ्गाबाट लागुऔषधसहित एक पक्राउ

pakarau-1610702257.jpg

प्रहरीले नागढुङ्गाबाट लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गामा सर्लाहीबाट काठमाडौँ आउँदै गरेको ना७ख २७९० नम्बरको यात्रुबाहक बस जाँचका क्रममा सिन्धुपाल्चोकका २३ वर्षीय उमेश गहतराजलाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले झोलामा लुकाएर ल्याएको लागुऔषधसहित गहतराजलाई पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ गहतराजसँग प्रहरीले ६४ एम्पुल डाइजेपाम, ६७ एम्पुल फेनार्गन, ६४ एम्पुल नुर्फिन र ४० ट्याब्लेट नाइट्राजेपाम बरामद गरेको छ । 

पक्राउ परेका गहतराजमाथि लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०