nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

नसर्ने रोग सम्बन्धि चेतना जगाउँदै थाहा नगरपालिका

मकवानपुर थाहा नगरपालिकाको टिष्टुङमा नसर्ने रोग सम्बन्धि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । थाहा नगरपालिका स्वास्थ्य तथा समाजिक विकास शाखाको आयोजनामा १२ फागुनमा टिष्टुङ स्वासथ्य चौकीमा भएको हो । नसर्ने रोगहरुले ठुलो हिस्सा ओगटिसकेको थाहा नगरपालिकाको वर्तमान अवस्थालाई मध्यनजर गरी थाहा नगरपालिकाको विभिन्न तहमा जिम्मेवार व्यक्तिहरुसंग अन्तरक्रिया गरिएको थाहा नगरपालिका स्वास्थ्य शाखा संयोजक मेघराज बलामीले बताए ।

कार्यक्रममा नसर्ने रोगको प्रमुख ४ कारकतत्वहरु धूम्रपान, मद्यपान, शारीरिक ब्यायामको कमि, अस्वस्थ जीवनशैली र ४ नसर्ने रोगहरु मधुमेह, हृदयघात, स्वासप्रस्श्वास सम्बन्धि रोग र क्यान्सरको बारेमा अभिमुखिकरण गराइएको थियो । मानिसको परिवर्तित दैनिकी र आनिबानीले गर्दा नसर्ने रोगका बिरामीहरु बढ्दै गइरहेको छ । सामन्य रुपमा आनिबानी र दैनिकीमा थोरै मात्र परिवर्तन गर्न सकेमा नसर्ने रोगबाट बच्न सकिन्छ ।

कार्यक्रममा पालुङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर प्रविण पाठकले सहजीकरण गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, स्वास्थ्यकर्मी, जनप्रतिनिधिहरु, समाजसेवी तथा सरोकारवालाहरुको सहभागीता रहेको थियो ।