Monday, 15th June, 2026
वि.स.

नवजात शिशुको शव फेला पर्यो

मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १६ र वडा नं. १७ को सिमानामा पर्ने हटिया खमारेस्थित नवजात शिशुको शव फेला परेको छ ।
हटियाको खमारेस्थित सडक छेउ गाडेको अवस्थामा २२ कार्तिकमा नवजात शिशु ९पुरुष० को शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त शव हाल हेटौँडा अस्पतालमा ल्याएको छ । सो घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

घटनामा संलग्न आशंकमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।