Saturday, 20th June, 2026
वि.स.

नयाँदिल्लीमा नेपाली महिलाको गोली हानी हत्या

g-1615973536.jpg

भारतको राजधानी नयाँ दिल्लीमा बुधबार एक नेपाली महिलाको गोली हानी हत्या भएको छ ।

भारतीय प्रहरीले दिएको जानकारी अनुसार उत्तरी दिल्लीको तिमारपुरमा बसोबास गर्दै आएकी ४५ वर्षीया मीना नाम गरेकी महिलालाई मोटरसाइकलमा सवार आक्रमणकारीले गोली हानी हत्या गरेका हुन् । मीना नयाँ दिल्लीमा पानी, न्याक्स र कोल्ड ड्रिंक्सको व्यापार गर्दै आएकी थिइन् ।

प्रहरीका अनुसार बिहान सात बजेतिर मीनामाथि उक्त आक्रमण भएको हो । दिल्लीका वरिष्ठ प्रहरी अधिकारीले आक्रमण गर्ने मनिसहरु मोटरसाइकलमा भागेको र महिलालाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेको बताए ।

प्रहरीले विभिन्न टोली बनाएर आक्रमणकारीको खोजी गरिरहेको बताएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०