nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

नमुना युवा संसद सकियो

Yuwa-Samsad-Samapan-(2)-1530951213.JPG

पश्चिम मकवानपुरको मनहरीमा नमुना युवा संसदको स्थापना र अभ्यास कार्यक्रम आज(शुक्रबार) सकिएको छ । बुधबारदेखि शुरु भएको तीन दिने कार्यक्रमको नमुना युवा संसदको प्रयोगात्मक अभ्यासको प्रद्धर्शन गर्दै सम्पन्न गरिएको हो ।

युवा तथा खेलकुद मन्त्रालय अन्तरगतको राष्ट्रिय युवा परिषद्, काठमाडौंको सहयोग, मनहरी गाउँपालिकाको व्यबस्थापनमा जिल्ला युवा समितिको कार्यालय मकवानपुरले कार्यक्रम आयोजना गरेको हो ।

समापन कार्यक्रम प्रदेश नम्बर ३ का भौतिक पूर्वाधार तथा विकास मन्त्री केशव स्थापितको प्रमुख आतिथ्य तथा जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईको अध्यक्षतामा भएको हो । भौतिक पूर्वाधार तथा विकास मन्त्री स्थापितले नमुना युवा संसद कार्यक्रम नयाँ र लोकतान्त्रिक नेपाल निर्माणमा उपलब्धीमूलक रहेको बताए ।

कार्यक्रममा प्रदेश ३ की सांसदद्वय मुनु सिग्देल र ओमबहादुर ग्लान, राष्ट्रिय युवा परिषद्का उपसचिव ध्रुबराज पौडेल, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, मनहरी एफ.एम.का स्टेशन म्यानेजर शिवकुमार काशी लगायतले नमुना युवा संसद कार्यक्रमले युवाको नेतृत्व र व्यक्तित्व क्षमता विकाससँगै सक्षम युवा पुस्ता उत्पादनमा महत्वपूर्ण सहयोग पु¥याउने बताए ।

कार्यक्रममा मनहरी गाउँपालिकाका वडा र विद्यालयका ३० जना प्रतिनिधी युवाको सहभागिता रहेको थियो । कार्यक्रममा निवर्तमान सांसद राजाराम स्याङ्तान, अशोक सारु मगर, सुशीलराज गिरी, नानीमैया बिष्ट लगायतले सहजिकरण गरेका थिए । नमुना युवा संसद कार्यक्रमको नारा ‘समृद्ध नेपाल निर्माणको लागि स्वस्थ, कर्मठ र उद्यमी युवा’ रहेको छ ।

नमुना युवा संसदमा सहभागीमध्ये २ जनाले काठमाडौंमा हुने संघीय युवा संसदमा सहभागिता जनाउने पाउनेछन् । मकवानपुरसहित नेपालको ७ प्रदेशको १४ जिल्लामा भईरहेको नमुना युवा संसदका प्रतिनिधी लगायत संघीय नमुना युवा संसदमा सहभागी हुने राष्ट्रिय युवा परिषद्का उपसचिव पौडेलले बताए ।
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)