nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 4th May, 2024
वि.स.
1000043965-1707579226.jpg

नमुना परीक्षणमा बागमतीमा अहिलेसम्म कसैमा कोरोना छैन: मन्त्रालय

Samajik-Bikaas-Mantralaya-1586137453.jpg

बागमती प्रदेशबाट पठाईएका नमूनाको रिर्पोटमा अहिलेसम्म कोरोना नभेटिएको बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको २३ चैत दिउँसोसम्मको तथ्यांक अनुसार बागमती प्रदेशका १३ जिल्लाबाट कोरोना जाँचका लागि प्रयोगशालामा पठाईएका स्वाब नमूनाको रिपोर्ट नेगेटिभ (कोरोना नभएको) पाईएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना जाँचका लागि २ सय ४२ नमूना पठाईएकोमा १ सय ८६ को रिपोर्ट आएको छ । प्राप्त नमूनाको रिपोर्ट सबै नेगेटिभ पाईएको मन्त्रालयका प्रवक्ता दिपेन्द्र सुवेदीले जानकारी दिए ।

२३ चैत दिउँसोसम्मको तथ्यांक अनुसार बागमती प्रदेशमा सबैभन्दा बढि चितवनबाट ८१ नमूना पठाईएको छ भने रामेछापबाट कुनै पनि नमूना प्रयोगशाला पठाईएको छ । रसुवा, नुवाकोट र धादिङबाट १र१ वटा नमूना पठाईएको थियो । त्यसैगरी, काठमाडौबाट ४४, ललितपुर ३८, भक्तपुर ३९, सिन्धुली ५, मकवानपुर १७, दोलखा ५, काभ्रे ४ र सिन्धुपाल्चोकबाट ६ वटा नमूना प्रयोगशालामा पठाईएको थियो । पछिल्लो २४ घण्टामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा ७५ वटा नमूना पठाईएको प्रदेश सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)