Tuesday, 16th June, 2026
वि.स.

नगर विकास कोषको कार्यकारी निर्देशकमा सापकोटा

krishna-1595945164.jpg

नगर विकास कोषको कार्यकारी निर्देशकमा इन्जिनियर कृष्णप्रसाद सापकोटा नियुक्त भएका छन् । सहरी विकास मन्त्रालयसम्बद्ध नगर विकास कोषको कार्यकारी निर्देशकको पद पूर्तिको लागि मन्त्रालयले २०७७ वैशाख २४ मा निवेदन आहृवान गरेको थियो ।

प्रतिस्पर्धामा सहभागी १२ जना उम्मेदवारको अनुभव, व्यवसायिक कार्ययोजना मूल्याङ्कन र असार १०, ११, १२ र १४ गते सञ्चालित व्यवसायिक योजना प्रस्तुतीकरण र अन्तरवार्तासमेतको प्राप्ताङ्कको आधारमा सापकोटा सिफारिस भएका थिए । पदपूर्ति समितिको सिफारिस बमोजिम नगर विकास कोषको सञ्चालक समितिले उनलाई अनुमोदन तथा निर्णय गरी चार वर्षका लागि निर्देशकमा नियुक्त गरेको हो ।

नवनियुक्त निर्देशक सापकोटा विगत १८ वर्षदेखि परामर्शदाताको रुपमा विभिन्न सहरी तथा ग्रामीण पूर्वाधारहरुको योजना तयार गर्ने, डिजाइन गर्ने, निर्माण सुपरीवेक्षण तथा व्यवस्थापनमा सकि्रय थिए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०