Thursday, 27th August, 2026
वि.स.

हाजिरी जवाफमा जनकल्याण अब्बल

मकवानपुर थाहा नगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित हाजिरी जवाफ प्रतियोगितामा जनकल्याण प्राविधिक तथा साधारण विद्यालय थाहा–३ प्रथम भएको छ । 

प्रतियोगितामा सुनौला मावि कुन्छाल द्वितीय र स्वच्छन्द भैरव मावि चित्लाङ तृतीय भएको छ भने चम्पेश्वर आधारभूत विद्यालयले सान्त्वना पुरस्कार पाएको छ । प्रतियोगितामा प्रथम हुने जनकल्याणले नगद चार हजार पाँच सयसहित प्रमाणपत्र, मेडल र स्टेशनरी, द्वितीय हुने सुनौलोले नगद तीन हजार, तृतीय हुने स्वच्छन्द भैरवले नगद एक हजार पाँचसय र सान्त्वना भएको चम्पेश्वरले नगद ६ सहित प्रमाणपत्र, मेडल र स्टेशनरी पाएको छ । 

पुरस्कार वितरण समारोहमा प्रतियोगिताको स्थानीय व्यवस्थापन गरे वापत नगरपालिकाले कदरपत्र दिएको छ । प्रतियोगितामा थाहानगरका मत्स्यनारायण मावि पालुङ, इन्द्रायणी मावि आग्रा, सरस्वती निमावि पालुङ, सरस्वती मावि आग्रा र घाटदेवी निमावि फेदीगाउँले सहभागीता जनाएन ।

थाहानगरका ११ वटा विद्यालयहरुको सहभागिता रहेको प्रतियोगिता बज्रवाराहीको सुनौला माविमा संचालन भएको थियो । थाहा नगरपालिकाका उपप्रमुख खड्ग बहादुर गोपालीको प्रमुख आतिथ्यमा भएको प्रतियोगितामा थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरी,नगरका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले, वडा नं. १ का वडा अध्यक्ष हेरमान गोपाली, सुनौला माविका विद्यालय व्यावस्थापन समितिका अध्यक्ष सिताराम गोपाली र  विद्यालय प्रतिनिधि शिक्षकहरुको सहभागिता रहेको थियो ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif