Monday, 15th June, 2026
वि.स.

नख्खुजेल विद्रोह गर्नेहरुको सम्मानका लागि इन्द्रसरोवरको सलेमलेमा पर्यटन गोष्ठी हुने

sal-1583117653.jpg

इन्द्रसरोवरको मदन भण्डारी फाखेल मैत्री पार्कमा पर्यटन गोष्ठी तथा सम्मेलन गरिने भएको छ । इन्द्रसरोवर गाउँपालिकाको एक महत्वपूर्ण पर्यटकिय गन्तव्यको रुपमा रहेको फाखेल मैत्री पार्क तथा सलेमले डाँडामा यहि चैत्र १२ गते पर्यटन गोष्ठीको आयोजना गर्न लागेको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामाले बताए ।

इन्द्रसरोवर गाउँपालिकाको वडा नं ४ फाखेलमा रहेको उक्त पर्यटकीय स्थल सलेमले डाँडासँग जोडिएको इतिहाँस सम्झिँदै नख्खु जेल बिद्रोह गरेर आएका तत्कालिन बन्दी तथा हालका कम्युनिष्ट नेताहरु कै कारण देश लोकतान्त्रिक गणतन्त्रमा जान सफल भएको उनले बताए ।

तत्कालिन निरङ्कुस पञ्चायती शासन व्यवस्थाको विरुद्धमा लागेबापत जेल सजाय भोगीरहेका राजनेताहरुले सुरुङ खनेर नख्खु जेल तोडी फरार भएका अग्रज कम्युनिस्टहरुले सेल्टर लिइ बसेका स्थानका रुपमा समेत चिनिने तत्कालिन कम्युनिस्ट पार्टीको ऐतिहासिक केन्द्रीय कमिटिको बैठक बसेको स्थलसलेमले डाँडामा पर्यटन प्रवद्र्धन सँगै तत्कालिन समयमा नख्खु जेल बिद्रोह गर्नेहरुको योगदानलाई सम्मान गर्नका लागि उक्त कार्यक्रम गर्न लागिएको उनले बताए ।

कार्यक्रममा निरङ्कुस पञ्चायती शासन व्यवस्थाको विरुद्धमा लागेबापत जेल सजाय भोगीरहेका राजनेताहरुले सुरुङ खनेर नख्खु जेल तोडी फरार भएका अग्रज कम्युनिस्टहरुको योगदानको कदर गर्दै सम्मान गरिने आयोजकले जनाएको छ । सम्मेलनका लागि सम्भवभए सम्म ती अग्रजहरु सम्पूर्णलाई कार्यक्रममा उपस्थित गराउने तयारी गरिएको उनले बताए ।

भेलाले सम्मेलनको लागि ६९ जनाको मुल समारोह समिति तथा विभिन्न १० वटा उपसमितिहरुको गठन समेत गरेको छ । निर्माण भएका समितिका पदाधिकारीहरुले द्रुत गतिमा काम गरी सम्मेलन सफल बनाउनु गाउँपालिकाका अध्यक्ष लामाले अनुरोध गरे । 



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।