Monday, 15th June, 2026
वि.स.

मकवानपुरका मनिष नागढुङ्गाबाट पक्राउ

d-1584768305.jpg

नक्कली सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० बोकेर सवारी चलाउने मकवानपुरका २२ वर्षीय मनिष स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत थानकोटको टोलीले नागढुङ्गामा जाँच गर्दा मकवानपुरका स्याङतानसहित ३ जनाले नक्कली लाइसेन्स बोकेर सवारी चलाएको भेटिएको हो ।

पक्राउ पर्नेमा स्याङतानसहित, काठमाडौं टोखाका २२ वर्षीय अविनाश खड्का र काभ्रेपलाञ्चोकका २२ वर्षीय सुजन गौतम रहेका छन् ।

वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले पक्राउ परेका तीनैजनाले ट्रायल पास नभई लाइसेन्स लिएको भेटिएकाले पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिले अरु व्यक्तिलाई समेत नक्कली लाइसेन्स बनाउने गरेको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका तीनैजनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गतको लिखतसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०