Monday, 15th June, 2026
वि.स.

धार्मिक क्षेत्रमा नियमित पुजापाठ मात्र गर्न थाहा नगरपालिकाको निर्देशन

Pujari-1585276555.jpg

कोरोना भाइरस (कोभिड–१९) को महामारी विश्वमै फैलिरहेको सन्दर्भमा थाहा नगरपालिकाले नगरका विभिन्न मन्दिर तथा चर्चहरुमा हुने पुजापाठ तथा धार्मिक कार्यमा भिडभाड नगर्न अनुरोध गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण समन्वय समितिको सचिवालयले यस्तो निर्णय गरेको हो । 

थाहा नगरपालिकामा शनिबार चर्चहरुमा भिडभाड हुने तथा शनिबार नै विभिन्न मन्दिर तथा धार्मिक क्षेत्रहरुमा भिडभाड हुने भएकोले त्यस्तो कार्यमा पुजारी तथा पाष्टरबाट मात्र गर्न गर्न गराउन निर्देशन जारी गरेको छ । 

कोरोना भाइरसबाट सतर्कता हुनको लागि र सुरक्षाको लागि यस्तो निर्णय गरिएको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले जानकारी दिए । अवस्था सामान्य भएपछि भने साविककै झै पुजापाठ, प्राथनाको व्यवस्था मिलाउन पुरीले सबैलाई अनुरोध गरेका छन् । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०