Thursday, 4th June, 2026
वि.स.
Thaha-002-1774415222.gif

धादिङमा बस पल्टिदा १८ को मृत्यू्

Dhading-143-1474959163.jpg

धादिङमा बस पल्टिदा १८ जनाको मृत्यु भएको छ । धादिङबेसीबाट उत्तरी क्षेत्र किन्ताङफेदी जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस पल्टदाँ अरु १५ घाइते भएका छन् ।

११ असोज बिहान धादिङबेसीबाट ३१ जनाको यात्रु बोकी त्यसतर्फ गएको बस बिहान साँढे ११ बजे मार्पाक गाँउ विकास समितिको वडा नं ५ लपाङखोला जिरोकिलो नजिकैबाट आखुँ खोला तर्फ ३ सय मिटर तल खसेको छ । घटना स्थल घटनास्थल सदरमुकाम धादिङबेसीदेखि ३२ किलोमिटर उत्तरमा रहेको छ । बसको छत र सीटमा टनाटन यात्रु रहेको थियो ।

पहिरो गइ थुनिएको बाटो स्थानीयबासीले पन्छाइ बस पार गराउने क्रममा सो दुर्घटना भएको बुझिएको छ । घटनास्थलमा हाल प्रहरी पुगिसकेको छ । दुर्घटनामा परी घाईते भएका १५ जनाको उद्दार गरेको स्थानीय उद्दारकर्ताहरुले जानकारी दिएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।