nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

धादिङमा बस दुर्घटनामा मृत्यू हुनेको संख्या १९ पुग्यो
१३ को सनाखत

धादिङको मार्पाक गाउँ विकास समिति वडा नं ५ लपाङखोला जिरोकिलो नजिकै ना ४ ख ३३१८ नम्वरको बस दुर्घटना हुदाँ मृत्यु हुनेको संख्या १९ पुगेको छ । घटनास्थलमा ४ महिला र १४ पुरुषको मृत्यु भएको हो भने १ महिलाकोे उपचारका क्रममा शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँमा मृत्यु भएको हो ।
मृतक मध्ये १३ जनाको सनाखत भएको छ । जसमा सत्यदेवी गाउँ विकास समिति वडा नं २ का रौसिंङ तामाङ, मेन्दीजोङ तामाङ, रल्क तामाङ, सेरलक तामाङ र उनकै ५ बर्षिय छोरा (नाम नखुलेको), सत्यदेवी –३ का तिल बहादुर तामाङ, री गाउँ विकास समिति ८ का चन्द्रमान तामाङ, वडा नं ८ कै मन तामाङ, री २ का कासा लामा तामाङ, दार्खा ९ का रामचन्द्र सापकोटा, मार्पाक ५ की दिल कुमारी पौडेल र उनकी छोरी कमला पौडेल रहेका छन् । त्यसैगरी बसका चालक गोरखा जिल्लाका गंगा सुनारको पनि दुर्घटनास्थलमा नै ज्यान गएको छ । घटनामा घाइते भएका १३ जनालाई नेपाली सेनाको हेलिकप्टरको सहायताले उद्दार गरी उपचारको लागि काठमाण्डौ पठाइएको छ । घाइतेहरुको शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँमा उपचार भइरहेको छ । 
दुर्घटनामा पर्नेहरु अधिकाँश नेपाल सरकारले घर बनाउन पहिलो किस्ता बापतको  ५० हजार रुपैया लिएर फर्किएका उत्तरी धादिङका स्थानियहरु रहेका हुन् ।