Saturday, 20th June, 2026
वि.स.

धादिङमा ट्रक दुर्घटना, दुईजना घाइते

accident-1614939107.jpg

 धादिङको धुनिबेसी नगरपालिका ९ खत्रीपौवामा ट्रक दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।दुर्घटनामा ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका बस्ने अन्दाजी ४० वर्षीय हरी पौडेल र धादिङकै धुनिवेशी नगरपालिका ९ का २१ वर्षीय समीर पौडेल छन् ।

घाइतेमध्ये चालकको अवस्था गम्भीर छ । घाइते दुवैलाई उपचारको लागि काठमाडौं लगिएको छ ।वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख १४ ९५ नम्बरको ट्रक शुक्रबार बिहान साढे ५ बजे सडकबाट अन्दाजी १० मिटर तल खसेको थियो ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०