Saturday, 5th September, 2026
वि.स.

धादिङको शान्ति अवश्था निकै सुधारिएको छ : पञ्जियार

Dhading-1477128788.jpg

धादिङ जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले पछिल्लो केहि वर्ष यता जिल्लाको शान्ति अवश्था निकै सुधारिएको बताएका छन् । क्रियाशिल पत्रकार महिलाहरुको समुह डब्लु.डब्लु.जे धादिङले धादिङबेशीमा सम्पन्न गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सबैको सक्रियता र जनचेतनाको प्रभावका कारण धादिङमा शान्ती सुरक्षाको अवश्था सुधारिएको बताएका हुन् ।

त्यस्तै महिला हिंसाका घटनाहरु अत्याधिक रुपमा बाहिरीरहेको प्रसङ्गलाई जोड्दै उनले घटना बाहिरिनुलाई आफुहरुले सकरात्मक रुपमा लिएको बताए । थारुले भने–“हिंसा सहन हुन्न भन्ने चेतना बढेकाले घटना अत्याधिक रुपमा बाहिरिएका हुन् तर घटना नै बढेका भने होइनन् ।”

क्रियाशिल पत्रकार महिलाहरुको समुह डब्लु.डब्लु.जे धादिङले सन्डेक्लब अन्तर्गत समय समयमा अन्तरक्रिया, छलफल तथा बहसका कार्यक्रम संचालन गर्दै आएको छ ।

-अस्मिता खतिवडा



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif