Monday, 15th June, 2026
वि.स.

धादिङको मल्डुङमा करेन्ट लागेर दुई जनाको मृत्यु ७ घाईते

धादिङको थाक्रे गाउँपालिका वडा नं ३ मल्डुङमा करेन्ट लागेर दुई जनाको मृत्युु भएको छ भने ७ जना घाईते भएका छन् । 

मृत्यु हुनेमा थाक्रे गाउँपालिका वडा नं ३ भुजेलटोल बस्ने ४५ वर्षीय सानुमान तामाङ र वडा नं ३ बिचारीटोलका २३ वर्षीय सागर अर्याल रहेको धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए । करेन्ट लागेर घाईते भएका सात जना मध्ये निर्ममाया तामाङ (३९) र रुपक अर्याल (२४)को काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अन्य घाईतेहरु धनकुमारी तामाङ (५२), तारासिंह तामाङ (७०), कान्छी तामाङ (६४), सानु तामाङ (३६), ठूली तामाङ (६३)का स्थानीय स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

हावाहुरीसहित आएको चट्याङले ८ वैशाख बेलुकी ट्रान्सर्फमर पड्किदाँ करेन्ट लागेर मृत्यु भएको हो । घरभित्र जतातातै करेन्ट लाग्न थालेपछि विजुलीको स्विच अफ गर्न चार्जमा रहेको मोवाईल झिक्न खोज्दा र करेन्ट लागेको अर्काे व्यक्तिलाई तान्न खोज्दा दुर्घटना भएको गाउँलेहरुले बताएका छन् ।