nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

धादिङका १ पुरुषमा मृत्युपश्चात् कोरोना पुष्टि

test-123-1597225890.jpg

धादिङका १ पुरुषमा मृत्युपश्चात् कोरोना पुष्टि भएको छ । श्वासप्रश्वासमा समस्या आएपछि काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार गराउँदा गराउँदै उनको मृत्यु भएको थियो ।

धादिङको नीलकण्ठ नगरपालिका( १४ का ती व्यक्ति धादिङबेँसी–काठमाडौं रुटमा गाडी चलाउने चालक रहेको र लकडाउनपश्चात् सवारीसाधन नचलेपछि गाउँमा नै बस्दै आएका थिए ।

रिपोर्ट पोजिटिभ देखिएका कारण उनको शव अस्पतालले सेनाको जिम्मा लगाउने तयारी गरेको परिवारले जानकारी दिए ।

निमोनियाको शंका लागेपछि सोमबार बिहान उपचारका लागि उनलाई जिल्ला अस्पताल धादिङबेँसी पुगेको र त्यहाँ प्रारम्भिक उपचार र एक्सरे गर्दा फोक्सोमा गम्भीर समस्या देखिएपछि थप उपचारका लागि काठमाडौं ल्याइएको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)