nakuhine-bastu-sankalan-1706086939.jpg
Tuesday, 23rd April, 2024
वि.स.
1000043965-1707579226.jpg

धनुषामा कोरोनासँग मिल्दो लक्षण देखिएका दुई जनाको मृत्यु

corona-death-1596958907.jpg

 धनुषामा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना अस्पतालका सुरक्षा गार्ड र अर्का नेपाली कांग्रेसका नेता छन् ।

धनुषाको मिथिला बिहारी नगरपालिका–५ घर भई जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकस्थित बिनय तारा फाउण्डेशन क्यान्सर अस्पतालमा सेक्युरिटी गार्डको काम गर्दै आएका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ । एक्कासी ज्वरो, रुघाखोकीका साथै श्वास फेर्न समस्या भएपछि शनिबार राति उनलाई उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार उनको शव सोही अस्पतालमा राखिएको र स्वाब संकलन गर्ने काम भइरहेको छ ।  विदामा गएको बेला उनी एकाएक बिरामी भएका थिए ।यस्तै, धनुषाकै शहीद नगरपालिका–८ का ५० वर्षीय पुरुषको पनि जनकपुरधामस्थित काव्य अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । श्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा मृत्यु भएका उनको पनि स्वाब संकलन गर्ने काम भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिए । मृत्यु भएका पुरुष नेपाली कांग्रेसका नेता हुन् ।धनुषामा यसअघि एक जनाको कोरोना संक्रमित भएर मृत्यु भइसकेको छ । दुई साताअघि शहीदनगरपालिका ८ का ३६ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)