Monday, 15th June, 2026
वि.स.

दोस्रो कोरोना संक्रमित युवती घर फर्किइन्

corona-2nd-1587198759.jpg

नेपालमा दोस्रो संक्रमित युवती निको भएर घर फर्केकी छन् । ४ चैतमा फ्रान्सबाट नेपाल आएकी ती युवतीलाई कोरोनाको संक्रमण देखिएको थियो ।  १० चैतमा संक्रमण देखिए पछि ती युवतीलाई काठमाडौंको टेकुस्थित शुक्रराज ट्रफिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा राखेर उपचार गराइएको थियो ।

यसअघि चीनबाट फर्किएका पहिलो संक्रमित विद्यार्थी पनि निको भएर फर्किसकेका छन् ।  विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको नेपालमा ३० जना संक्रमित देखिएका छन् । त्यस मध्ये पहिलो र दोस्रो संक्रमित निको भएर घर फर्किएका छन् भने बाँकीको उपचार भइरहेको छ । 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०

corona-2nd-1587198761.jpg