Saturday, 18th May, 2024
वि.स.
1000043965-1707579226.jpg

दैनिक ३० करोड क्षति व्यहोर्दै हेटौंडा औद्योगिक क्षेत्रका उद्योग

hetauda-1586500580.jpg

कोरोना भाइरस संक्रमणका कारण हेटौँडा औद्योगिक क्षेत्रभित्रका उद्योगहरूबन्द हुँदा दैनिक करिब ३० करोड क्षति भइरहेको छ । उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलका अनुसार औद्योगिक क्षेत्रभित्रका उद्योगहरूकोदैनिक करिब ३० करोड रुपैयाँ क्षति भएको छ । औद्योगिक क्षेत्रभित्रका १ सय ११ मध्ये हाल २ वटा उद्योग एक सिफ्ट मात्र चल्दै छन् ।

बाँकी १ सय ९ उद्योग बन्द हुँदा ती उद्योगहरूले दैनिक मुनाफा गर्ने करिब ३० करोड रकम नोक्सान व्यहोर्नुपरेको उद्योग संघका अध्यक्ष पोखरेलले बताए ।औद्योगिक क्षेत्रभित्रका सबै उद्योग निरन्तर सञ्चालन हुँदा मासिक १ अर्ब राजस्व बुझाउँदै आएको उनले जानकारी दिए।

सरकारलाई बुझाउने राजस्वको तुलनामा एक उद्योगले मासिक ३ करोड ३० लाख कारोबार गर्ने उनले दाबी गरे । एक उद्योगले दैनिक औसत ३ करोड ३० लाख कारोबार गर्दाकरिब २७ लाख मुनाफा हुने अनुमान गरिएको छ ।उद्योगीले यस्तो नोक्सान भूकम्प र नाकाबन्दीपछि भोग्नुपरेको अध्यक्ष पोखरेलले गुनासो गरे ।

लकडाउनको अवधि बढेमा वा कोरोनाको संक्रमण अझ बढी फैलिएमा केही उद्योग सधैँका लागि बन्द हुनसक्ने उनले बताए । तेस्रो मुलुकबाट कच्चा पदार्थ ल्याउनुपर्ने र बजारमा मागअनुसार उत्पादित वस्तु लैजान नसक्ने अवस्थाका कारण साना लगानीका केही उद्योग बन्द हुनसक्ने उनको दाबी छ ।

उद्योगीको चिन्ताः बैंकको ब्याज र कर्मचारीको तलब

लकडाउनपछि उद्योग पूर्ण रूपमा बन्द हुँदा हेटौँडा औद्योगिक क्षेत्रभित्रका उद्योगीहरू चिन्तित छन् । बैंकमा बुझाउनुपर्ने मासिक किस्ता, ब्याज र कर्मचारीलाई दिने तलब कसरी व्यवस्था गर्नेबारे चिन्तित भएको उद्योगीहरू बताउँछन् । सरकारले विपद्का कारण बन्द भएका उद्योगहरूका लागि ब्याजमा सहुलियत र विशेष प्याकेज नल्याए आफूहरूको स्थिति नाजुक हुने उनीहरूको गुनासो छ ।

उद्योगीहरूले उद्योग सञ्चालन नहुँदा बैंकमा बुझाउने किस्तासँगै कर्मचारी र मजदुरलाई कसरी तलब दिनेबारे आफूहरू अन्योल भएको गुनासो संघमा राख्दै आएका छन् । उनीहरूले सरकारले ब्याजमा सहुलियतसँगै विशेष प्याकेजको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

४ हजार ५ सय मजदुर कामविहीन

मझौला र ठूला उद्योगमा कार्यरत४ हजार ५ सय मजदुर कामविहीन भएका छन् ।लकडाउनपछि हेटौँडा औद्योगिक क्षेत्रभित्रका १ सय ९ वटा उद्योग क्रमशः बन्द हुँदा मजदुरहरू कामविहीन भएका हुन् ।मासिक तलब आउने भएपनि कामविहीन हुँदा मजदुरहरू समस्यामा परेको औद्योगिक क्षेत्र मजदुर संघले जनाएको छ ।

उद्योग बन्द हुँदा तलब आउने–नआउनेसमेत अन्योल हुँदा मजदुर थप समस्यामा परेको संघको दाबी छ । कामविहीन बनेका र समस्यामा परेका मजदुरका लागि सरकारले तत्काल केही व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ ।दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरका लागि राहत बाँडिएपनि रकम अभाव हुँदा आवश्यक सामग्री खरिद गर्न नसकिएको निर्माण सम्बद्ध श्रमिक संघले जनाएको छ । 
नयाँ पत्रिका दैनिक



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)

hetauda-1586500582.jpg