Friday, 19th June, 2026
वि.स.

देशभर चिसो बढ्यो, माइनसमा तापक्रम

chiso-1604734136.jpg

काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको हो ।  मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ ।  शुक्रबार काठमाडौंको न्युनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो । 

आज काठमाडौं उपत्यकामा यस वर्ष जाडो सुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको हो । मौसमविद् प्रतिभा मानन्धरका अनुसार अबको केहीदिन देशभर तापक्रम निरन्तर घट्दै जाने क्रममा रहेको छ ।  “दिउँसो घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ”, मौसमविद् मानन्धरले भनिन्, “केही दिन तराईमा पातलो कुइरो लाग्ने र पहाडमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्यता कमजोर बनाउनेछ ।”

मौसम पूर्वानुमान महाशाखाका  अनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहनेछ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ डिग्रीमा झरेको छ ।रासस



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०