Saturday, 20th June, 2026
वि.स.

दुर्घटना र प्रकोपले नेपालमा एक वर्षमा साढे ४ हजारले ज्यान गुमाए

Acc-1611714723.jpg

नेपालमा सन् २०२० मा विभिन्न घटनाबाट ४ हजार ५०४ मानिसको मृत्यु भएको छ । विपदमा परेर १०२ बेपत्ता भएको र पाँच हजार २६० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी सडक दुर्घटनाबाट दुई हजार ८४ को मृत्यु भएको छ । कोभिड-१९ का कारण एक हजार ८५६ को मृत्यु भएको छ ।

पहिरोबाट ३०३ ले ज्यान गुमाएका छन् भने ६४ बेपत्ता छन् । बाढीबाट ४२ को मृत्यु र ३७ बेपत्ता भएको प्राधिकरणले जनाएको छ । सर्पदंशबाट २९, आगलागीबाट ५३, चट्याङबाट ८२ जनाको मृत्यु भएको र अन्य विविध घटनाका कारण ५४ जनाले ज्यान गुमाएको प्राधिकरणले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उक्त विवरण सन् २०२० को जनावरीदेखि डिसेम्बर ३१ सम्मको हो ।

प्राधिकरणका अनुसार कूल मानवीय क्षति मध्यसडक दुर्घटना र कोभिड-१९ बाट मात्रै ८८ प्रतिशत छ । कोभिड-१९ को सङ्क्रमण अझै पनि जारी रहेकाले सावधानी अपनाउन सरकारले सबैमा अनुरोध गरेको छ । यसपालि वर्षाको समयमा मुलुकका विभिन्न जिल्लामा बाढी र पहिराले ठूलो जनधनको क्षति भएको छ । बाढी, पहिरो आएर धेरै स्थानमा मानवीय क्षति भएको प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिए ।

प्रभावित अझै पनि अस्थायी टहरामा बसिरहेका छन् । अहिले सरकराले अनुदानमा आवास कार्यक्रम सञ्चालनको तयारी गरिरहेको छ ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०