nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 20th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दुर्घटनामा परी गम्भीर घाइते भएका मकवानपुरका राईको मृत्यु

accident-new-1610788694.jpg

सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका हेटौंडाका निरज राईको मृत्यु भएको छ । गत पुस २७ गते सोमबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ क्याम्पाडाँडामा भएको सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका हेटौंडा–६ निवासी १८ वर्षीय राईको उपचारको क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, उनको चितवनको भरतपुरस्थिति पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

गत पुस २७ गते हेटौंडाबाट चौघडातर्फ जाँदै गरेको प्रदेश ३–०३–००१ प ४०२० को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ना १ क ८३३३ नम्बरको टिपर एकापसमा ठोक्किएर दुर्घटना भएको थियो । सोही दुर्घटनामा परी राई गम्भीर घाइते भएका थिए । उनी मोटरसाइकलमा सवार थिए ।

त्यस्तै, सोही दुर्घटनामा परी मोटरसाइकल चालक हेटौंडा–७, न्युरेनी निवासी १८ वर्षीय आशिष शिवभक्तिको घटनास्थलमै मृत्यु भएको थियो ।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)