nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दुर्घटनाग्रस्त क्षेत्र कि दुर्घटना सम्भावित क्षेत्र ?

पत्रकारितामा स्नातकोत्तर हेटौडाका देवराज पन्त शब्द चयनमा विशेष ध्यान दिन्छन् । ट्राफिक प्रहरीले ठाउँठाउँमा दुर्घटनाग्रस्त क्षेत्र भनेर साइनबोर्ड राखेको देखेपछि उनले फेसबुकमा लेखे—

ट्राफिक प्रहरी ज्यु ? 
दुर्घटनाग्रस्त क्षेत्र हो कि दुर्घटना सम्भावित क्षेत्र हो ?

किन त भन्ने विकासखबर डट कमको प्रश्नमा पन्तले भने -
"कुनै सवारी दुर्घटनामा परेपछि त्यस्तो सवारीलाई दुर्घटनाग्रस्त भनिन्छ जस्तै दुर्घटनाग्रस्त जहाज, दुर्घटनाग्रस्त रेल, दुर्घटनाग्रस्त बस आदि । तर, कुनै स्थान आफैमा दुर्घटनाग्रस्त हुँदैन । कुनै स्थान दुर्घटनाग्रस्त भयो भन्नुको अर्थ त्यो स्थान आफै दुर्घटनामा परेको छ  र त्यसका कारणले उक्त स्थानको अवस्था भताभुंग भएको छ भन्ने हुन्छ । तर, कुनै स्थान तहसनहस हुनु दुर्घटनाको परिभाषा भित्र पर्दैन । प्राकृतिक घटना दुर्घटना होइनन् । 

विविध कारणले कुनै स्थानमा बढी दुर्घटना हुनसक्छ अर्थात् सवारी दुर्घटना बढी हुने गरेको पाइएपछि कुनै स्थान बढी दर्घटना हुने स्थानको रुपमा चिनिएको हुन सक्छ । खासगरी सडक यातायातका क्षेत्रमा बढी दुर्घटना भइरहने स्थान वा क्षेत्रहरु ल्गभग पहिचान गरिएको हुन्छ । यदि कुनै स्थानमा बढी दुर्घटना हुने गरेको छ भने त्यसको आधारमा त्यस्तो स्थानलाई बढी दुर्घटना हुने गरेको क्षेत्र वा दुर्घटना हुने सम्भावना रहेको क्षेत्र भन्न सकिन्छ । 

कतिपय यस्ता दुर्घटना बढी हुने क्षेत्रलाई ट्राफिक प्रहरी कार्यालयले दुर्घटनाग्रस्त क्षेत्र भनेर सूचित गरेको देखिन्छ । यसको आसय दुर्घटना बढी हुने क्षेत्र भन्ने नै हो तर झट्ट बुझ्दा त्यस्तो सूचनाले तत्काल कुनै दुर्घटना भएको क्षेत्र भन्ने बुझिन्छ अर्थात् उक्त स्थानमा त्यसबखत दुर्घटना भएको छ भन्ने अर्थ लाग्छ । त्यसैले दुर्घटनाग्रस्त क्षेत्र होइन, दुर्घटना सम्भावित क्षेत्र भनौं ।"
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)