Thursday, 3rd September, 2026
वि.स.

दुनियाँकै ठूलो परिवारका घरमुलीको निधन : ३८ पत्नी, ८९ छोराछोरी

big-family-1623659584.jpg

भारतको मिजोरम प्रान्तको राजधानी आइजोल नजिकै रहेको बख्तवांग गाउँमा बस्ने विश्वकै ठूलो परिवारका घरमुली जियोना चानाको निधन भएको छ ।

७६ वर्षका जियोना चानाको निधन भएको मिजोरमका मूख्यमन्त्री जोरामथंगाले ट्वीटमार्फत् जानकारी गराएका छन् ।

मूख्यमन्त्री जोरामथंगाका अनुसार बख्तवांग गाउँ सोही परिवारका कारण पर्यटकको आकर्षणको केन्द्र बनिसकेको छ ।

मृतक जियोना चानाका ३८ पत्नी, ८९ जना छोराछोरी, १४ जना बुहारी तथा ३३ जना नातिनातिनीहरु गाउँमा रहेको एक सय कोठा भएको ४ तल्ले घरमा सँगै बस्दै आएका छन् ।

जियोना पेसाले सिकर्मी थिए । उनका पत्नी तथा बुहारीहरुले खेतीपाती गर्दै आएका छन् भने युवावस्थाका छोराहरुले विभिन्न प्रकारका काम गरेर परिवार चलाउनका लागि अर्थोपार्जन गर्दै आएका छन् । सबैभन्दा जेठी पत्नीले चाहिँ घरका सबै सदस्यको कार्यको बाँडफाँट गर्ने तथा उनीहरुको कामको निगरानी गर्ने गर्दछिन् ।

यो परिवारमा हरेक दिन ४५ किलो चामल, ३०र४० वटा कुखुरा, २५ किलो दाल, दर्जनौँ अण्डा तथा ६० किलो तरकारी खपत हुन्छ । साथै झण्डै २० किलो फलफूल पनि दिनहुँ सो परिवारले हजम गर्दछ ।

उक्त क्षेत्रको राजनीतिमा पनि सो परिवारको ठूलो महत्व रहँदै आएको छ । एउटै परिवारमा यतिधेरै भोट भएका कारणले धेरै नेता तथा राजनीतिक दलहरु चुनावका बेला यो परिवारलाई निकै महत्व दिन्छन् । स्थानीय चुनावमा त यो परिवारको भोट नै कहिलेकाही निर्णायक हुने गरेको छ ।

एजेन्सीको सहयोगमा



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif