Saturday, 20th June, 2026
वि.स.

दुई बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

balika-1616566186.jpg

दुई जना बालिकालाई अपहरण गरी शरीर बन्धक र जबरजस्ती करणी गरेको आरोपमा दुई जना युवा पक्राउ गरेका छन् । रुकुम पूर्वका १४ र १५ वर्षका दुई बालिकालाई अपहरण गरी शरीर बन्धक बनाइ करणी गरेको अभियोगमा रुकुम पूर्वकै दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा २३ वर्षका युवा र १४ वर्षका किशोर रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर श्रेष्ठले जानकारी दिए। उनका अनुसार उनीहरुलाई सोमबार पक्राउ गरिएको हो । चैतको १ गते घरबाट हराएका ती बालिकाहरु ९ दिनसम्म पनि परिवारको सम्पर्कमा नआएपछि सोमबार मात्रै प्रहरीमा आफन्तको निवेदन परेको डीएसपी श्रेष्ठले बताए ।

निवेदन परेलगत्तै प्रहरीले अनुसन्धान थालेको र त्यही दिन अभियुक्त दुई जनालाई रुकुमकोटबाट पक्राउ गरिएको उनले  जानकारी दिए। अपहरण गरेर कोठामा बन्धक बनाएर राखेको दिनबाटै बालिकामाथि बलात्कार हुँदै आएको अनुसन्धानबाट खुलेको डीएसपी श्रेष्ठले बताए ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०