nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 3rd May, 2024
वि.स.
1000043965-1707579226.jpg

दामी–दामन बनाउन स्थानीयको प्रशंसनीय अभियान

मकवानपुरको पर्यटकीय केन्द्र थाहानगर दामनमा पर्यटन प्रवद्र्धन गर्नका लागि एक जुट भएकाछन् । दामनबासीहरु पर्यटकलाई आकर्षित गर्ने गरी भ्यु तथा भिजिट प्वाइन्ट निर्माण गरी दामनलाई दामी बनाउनको लागि एकजुट भएका हुन् । 

दामन बजार व्यवस्थापन समिति तथा एभरेष्ट युवा विकास क्लबको आयोजनामा दामनमा भएको भेलामा उपस्थित भएका स्थानीयहरुले दामनमा पर्यटकलाई कसरी आकर्षित गर्ने भन्ने विषयमा वृहत्त छलफल भएको छ । थाहा नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष दिपकसिं लामाका प्रमुख आतिथ्यमा भएको छलफल तथा भेलामा पर्वतीय वनस्पती उद्यान नजिकैको डाँडामा नगरपालिका र स्थानीयको सक्रियतामा भ्यु प्वाइन्ट सहितको पूर्वाधार विकास गर्ने, दामन बजारकै छेवैमा रहेको अर्को डाँडामा शिव र बुद्धको मूर्ति राख्ने, दामन सेल्फी डाँडालाई थप व्यवस्थित बनाईने निर्णय भएको छ । 

कार्यक्रमको अवसरमा सामाजिक विकासका लागि हातेमालो गर्न एभरेष्ट युवा विकास क्लबका अध्यक्ष शिवकुमार खत्रीले अपिल गरे । सो अवसरमा दामन बजार व्यवस्थापन समितिका अध्यक्ष टसी शेर्पाले दामनमा पर्यटकलाई आकर्षण गर्ने क्षेत्र पहिचान तथा निर्माण र प्रवद्र्धन गरी आन्तरिक तथा बाह्यि पर्यटकलाई आकर्षित गर्न सम्पुर्ण दामनबासी लाग्नूपर्ने बताए । यसका लागि बजार व्यवस्थापन समितिले सक्रियता देखाउने बताए । 

पर्यटकलाई आकर्षित गर्नका लागि दामन बजार क्षेत्रमा नगरका पर्यटकीय गन्तव्यलाई प्रष्ट्याउने गरी फ्लेक्स बोर्ड तथा पर्यटकलाई आकर्षित गर्ने कुराहरुलाई ध्यानमा राखी प्रदर्शन गरिने भएको छ । दामनमा रहेको पर्यटकीय महत्वको सम्पदा संरक्षणमा क्लब र बजार व्यवस्थापन समितिले संरक्षण गर्ने भएका छन् । त्यस्तै ऋषेश्वर मन्दिर जाने बाटो नजिकै रहेको तामाङहरुको समाधि स्थललाई थप व्यवस्थित बनाइने भेलामा निर्णय भएको दावा शेर्पाले जानकारी दिए । 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)