nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दामन कृषि सहकारीको पाँचौं साधारणसभा सम्पन्न

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ शिखरकोटमा रहेको दामन कृषि सहकारी संस्था लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष प्रवीण विष्टको सभाध्यक्षतामा भएको साधारण सभाले विभिन्न प्रतिवेदन पास गरेको छ ।
साधारण सभाले अध्यक्ष विष्ट, सचिव राजाराम कार्की र कोषाध्यक्ष रामशरण केसीले प्रस्तुत गरेको प्रतिवेदन पास गरेको छ । साधारण सभामा संस्थाका शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । बचत तथा ऋणका साथै मल बीऊको समेत कारोबार गर्दै आएको दामन कृषि सहकारीमा २ सय ११ शेयर सदस्य रहेको व्यवस्थापक घनश्याम थापाले जानकारी दिए ।