Saturday, 20th June, 2026
वि.स.

दामनमा व्यवसायिक खेती प्रणाली सम्बन्धी गोष्ठी

Bagwani-1568096151-1616462508.jpg

थाहा नगरपालिकाको शितोष्ण बागवानी नर्सरी केन्द्र दामनको आयोजनामा विषयगत एक दिने गोष्ठी भएको छ । तरकारी तथा फलफुल खेतिमा आधुनिक तरिका अपनाइ ब्यावसायिक फाइदा लिने बिषयमा गोष्ठी भएको हो ।

मकवानपुर र चितवनका कृषि प्राविधिकहरु र २४ जना व्यावसायिक रुपमा तरकारी तथा फलफुल खेति गर्दै आएका किसानहरुको सहभागितामा कार्यक्रम भएको हो । कार्यक्रममा सहभागिहरुले आ–आफ्नो अनुभव तथा समस्या सुनाएका थिए । केन्द्रले वर्ष भरि गरेको कार्य प्रगति विबरण प्रस्तुत गरेको थियो । कार्यक्रमा प्राविधिकहरुले बिउ बिरुवा राख्ने रोप्ने समय र ठाउँ तथा मौसम अनुसार छनौटमा ध्यान दिनु पर्ने बिषयमा जानकारी गराइएको थियो । 

शितोष्ण बागवानी नर्सरी केन्द्र दामनका प्रमुख कालिका प्रसाद कोईरालाको सभाध्यक्षमा भएको कार्यक्रममा थाहा नगरपालीका वडा नम्बर ५ का वडाअध्यक्ष बिष्णु बहादुर गरुङको प्रमुख आतिथ्यता रहेको थियो ।
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०