nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दशैं विशेष कार्यक्रममा ४ लाख संकलन

saraswoti-1476274113.jpg

दशैं आर्थिक संकलनको एउटा विशेष अवसरसमेत सावित भएको छ । आग्राको वडा नंं २ देउखेलस्थित सरस्वति माविले दशैंको अवसरमा दशैं विशेष साँस्कृतिक कार्यक्रम तथा चिट्ठा उपहार कार्यक्रम आयोजना गरेर ४ लाख रुपैया संकलन गरेको छ ।

विद्यालयको आर्थिक समस्या समाधान गर्न दशैंको अवसर पारी कार्यक्रम गरिएको र सो कार्यक्रमबाट चार लाख रुपैया संकलन गरिएको सरस्वति माविका प्रधानाध्यापक राजेन्द्र थापाले बताए । मावि स्वीकृत भए पनि ६ वटा मात्र शिक्षक दरबन्दी भएकाले निजी श्रोतबाट तलब पु¥याउन समस्या भएकोले आर्थिक संकलनको कार्यक्रम  गरिएको उनले जानकारी दिए ।

विद्यालयमा भएको कार्यक्रममा शुभकामना आदानप्रदान गर्नुका साथै थाहा कला केन्द्रका कलाकारहरु, लोकदोहोरी गायिक रोजिना लामा र स्थानीय पञ्चकन्या समूहका कलाकारहरुले विशेष प्रस्तुती दिएका थिए । 

इन्द्रायणी माविका प्रधानाध्यापक तथा समाजसेवी नारायणबहादुर कार्कीको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानबहादुर लोको सभाध्यक्षतामा कार्यक्रम भएको हो । 

विद्यालयका लागि तीन हजार भन्दा बढी सहयोग गर्नेहरुको नाम शीलालेखमा राखिने अध्यक्ष लामाले  बताए । कार्यक्रमकै अवसरमा प्रमुख अतिथि कार्कीले आफ्नो हजुरबुवा स्व. विष्णुबहादुर कार्कीको सम्झनामा परिवारको तर्फबाट ६६ हजार ६ सय ६६ सहयोग गरेका थिए ।