nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

दशैंका लागि हेटौंडाबाट ६ सय २५ खसीबोका खरिद गर्ने

khasi-boka-Dashain-1475115982.jpg

नेपाल खाद्य संस्थानले दशैंका लागि हेटौंडाबाट ६ सय २५ ओटा खसीबोका किन्ने भएको छ । संस्थानको हेटौंडा औद्योगिक क्षेत्रमा रहेको डिपोले सो सङ्ख्यामा खसीबोका खरीद गर्न लागेको हो । 
१५ असोजबाट खरीद शुरू गरिने खाद्य संस्थानका अधिकृत पवित्र गौतमले बताए । किसानले पालेको खसीबोका सीधै संस्थानको डिपोमा ल्याएर तौल गरी विक्री गर्न सक्ने जानकारी उनले दिए ।
थोरै सङ्ख्यामा खसी विक्री गर्ने किसानलाई त्यसको रकम नगदै भुक्तानी गर्ने र धेरैओटा विक्री गर्ने ९विशेषगरी व्यावसायिक फार्म०हरूलाई चेकद्वारा भुक्तानी दिइने गौतमले जानकारी दिएका छन् । ३ वर्षअघि संस्थानले हेटौंडाबाट १ हजार खसी खरीद गरी काठमाडौंका उपभोक्तालाई विक्री गरेको थियो ।