Wednesday, 26th August, 2026
वि.स.

दशैंका लागि नयाँ नोट २१ गतेबाट,साट्न पाइने

नेपाल राष्ट्र बैंकले दसैंका लागि असोज २१ गतेबाट नोट वितरण गर्ने भएको छ। राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलका अनुसार सर्वसाधारणले राष्ट्र बैंकका कार्यालयबाट प्रतिव्यक्ति २७ हजार रुपैयाँका दरले नयाँ नोट पाउनेछन्।उनका अनुसार राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रति व्यक्ति २७ हजार रुपैयाँसम्म उपलब्ध गराउने छ। नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकबाट पनि सर्वसाधारणका लागि नयाँ नोट वितरण गर्ने व्यवस्था मिलाएको छ। निजी क्षेत्रका बैंकहरुलाई भने निश्चित रकम मात्र सटहीका लागि उपलब्ध गराइने जानकारी गराईएको छ ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif