nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 29th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा महोत्सव : कृषि मेलामा आकर्षण, एभोकाडोदेखि कफीसम्म प्रतिष्पर्धामा

krishi-photo-1701350286.jpg

थाहानगरको इन्द्रायणी चौरमा १४ मंसिरबाट शुरु भएको चौंथा थाहा महोत्सवअन्तर्गत् कृषि मेलामा आकर्षण देखिएको छ । बिहीबार मेलामा थाहानगरका कृषकहरुले ल्याएको १२५ वटा बाली  प्रतिष्पर्धाका लागि दर्ता भएको थाहा नगरपालिकाकाका कृषि विकास शाखा प्रमुख सञ्जय तिवारीले जानकारी दिए ।

प्रदर्शनीका लागि दर्ता भएका बालीहरुमा थाहानगरको एभोकाडोदेखि जुनार र कफीसम्म रहेका छन् । कफी, एभोकाडो, सुन्तला, निबुवा, जुनार, जुकिनी, रुख टमाटर, रातो बन्दा चाइनिज बन्दा प्रतिष्पर्धाका लागि दर्ता भएको कृषि विकास शाखाका कृषि स्नातक विकास सुनारले जानकारी दिए ।

त्यसैगरी काक्रो, धनियाँ, काउली, बन्दा, रायो, ब्रोकाउली, मुला, गाँजर, स्कुस, फर्सी, लौका, घिरौला बरेला, सिमी, केराउ, भन्टा, अकबरे, गोलभेडा, मकै, कोदो, फापर, पिँडालु आदि प्रदर्शनीका लागि राखिएका छन् ।

प्रदर्शनीमा राखिएका बालीहरुको मूल्याङ्कन गरी उत्कृष्ट बालीहरुका लागि पुरस्कारको व्यवस्था रहेको र २५ मंसिर महोत्सव समापनका अवसरमा कृषकहरुलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)