nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा फिल्म फेस्टिभलकाे हिसाव सार्वजनिक, ३० लाख खर्च

tt-1700318635-1700883443-1704812622.jpg

उत्तरी मकवानपुरको पर्यटकीय नगरी थाहा नगरमा पर्यटनका लागि ‘फिल्म फेस्टिभल’ भन्ने नाराका साथ गत मंसिर ९ गते देखि १५ गते सम्म जेसिज हलमा सम्पन्न  थाहा फिल्म फेस्टिभल–२०२३ को खर्च विवरण सार्वजनिक गरिएको छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण थाहा नगरलाई खुला फिल्म सिटीका रूपमा विकाससँगै पर्यटन प्रवर्धनमा टेवा पु-याउने उद्देश्यसहित  मङ्सिर ९ गते देखि १५ गते सम्म भएको साताव्यापी फिल्म महोत्सव आयोजनामा भएको खर्चको विवरण सार्वजनिक गरिएको पौष २४ मा शंकर होटलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

फिल्म फेस्टिभलका संयोजक प्रमोदकृष्ण जोशीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा कार्यक्रमका उपसंयोजक राजिव स्याङ्तानले खर्च विवरण सार्वजनिक गरेका हुन्।

थाहा कलाकेन्द्रको आयोजनामा भएको फिल्म फेस्टिभलको लागि ३५ लाख रुपैयाँ बजेट अनुमानित गरिएकोमा ३० लाख रुपैयाँ खर्च भएको जानकारी दिइयो।

उपसंयोजक स्याङ्तानका अनुसार १० लाख रुपैयाँ थाहा नगरपालिका र १० लाख रुपैयाँ बागमती प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयबाट बिनियोजित भएको र अन्य प्रायोजकहरुबाट १५ लाख उठ्ने अनुमानित गरिएको थियो।



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)