nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगर प्रमुखलाई विद्यालय कर्मचारीको ध्यानाकर्षण, तलब सुविधा बढाउन माग

karmachari-mag-1624438568.jpg

नेपाल विद्यालय कर्मचारी युनियन,  थाहा नगर कमिटीले थाहा नगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरुमा कार्यरत विद्यालय कर्मचारीहरुको मासिक तलब नेपाल सरकारको दर्जा तथा तह अनुसार नभएको भन्दै गुनासो गरेको छ । 

सबै कर्मचारीहरुको एउटै मासिक तलब (रु. १५,०००) कायम गरिएको प्रति पनि युनियनले  ध्यानाकर्षण भएको जनाएको छ । युनियनका थाहा नगर अध्यक्ष मधुसूदन रायमाझीको नेतृत्वमा थाहा नगर कार्यालय पुगेको टोलीले नगरप्रमुख लवशेर विष्टलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएको छ । 

ध्यानाकर्षण पत्रमा कक्षा  १० तथा कक्षा १२ सञ्चालन भएका विद्यालयहरुमा कार्यरत लेखापालहरुको छुट्टाछुट्टै दरवन्दी कायम गरी सोहीअनुसार तलबको व्यवस्थापन गर्न माग गरिएको छ । त्यसैगरी कक्षा १० तथा कक्षा १२ सञ्चालन भएका विद्यालयहरुमा कम्तिमा दुई जना कार्यालय सहयोगीको व्यवस्थापन गर्न र कार्यरत कार्यालय सहयोगीहरुलाई रु. १५ हजारबाट नघटाई तलब व्यवस्थापन गर्न पनि माग गरिएको छ । 

हालसम्म पनि विद्यालय कर्मचारीहरुले सरकारद्वारा घोषित महङ्गी भत्ता नपाइरहेको भन्दै युनियनले  आगामी आर्थिक वर्ष २०७८/८९ मा सो विषयलाई सम्बोधन गर्न माग गरेको छ । 

ध्यानाकर्षण पत्र बुझ्दै नगरप्रमुख विष्टले यस वर्षको लागि छलफल गर्न ढिला भएको भन्दै यथासम्भव समेटेर लैजाने आश्वासन दिएको अध्यक्ष रायमाझीले बताए । 


 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)