nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 19th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरस्तरीय अपाङ्गता अभिमुखीकरण सम्पन्न

IMG_20210626_123802-1624696836.jpg

थाहा नगरमा नगरस्तरीय अपाङ्गता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएकाे छ । थाहा नगरपालिकाकाे सहयाेगमा अपाङ्ग सराेकार केन्द्र मकवानपुरले १२ असारमा अभिमुखीकरणकाे आयाेजना गरेकाे हाे । 

थाहा नगरपालिकाका उपप्रमुख खड्गबहादुर गाेपालीकाे प्रमुख आतिथ्यता र थाहा-३ का वडा अध्यक्ष राजेश केसीकाे विशेष आतिथ्यतामा अभिमुखीकरण भएकाे हाे ।कार्यक्रम दीप न्याैपानेले सहजीकरण गरेकाे थिए । साे अवसरमा नगर उपप्रमुख गाेपालीले अपाङ्गता भएका व्यक्तिहरुलाई सहयाेग गर्न नगरपालिका पछि नपर्ने बताए । 

थाहाकाे शिखरकाेटमा भएकाे कार्यक्रममा  थाहा नगरका जनप्रतिनिधिहरु, अपाङ्गता भएका व्यक्तिहरु, गैरसरकारी संस्थाका प्रतिनिधिहरु लगायतकाे सहभागिता रहेकाे थियाे । साे अवसरमा च्वाइस नेपालका ग्रामीण विकास अधिकृत  कुलप्रसाद तिवारी, वडा नम्बर ११ कि वडा सदस्य सुनिता दाेङ लगायतले मन्तव्य राखेका थिए । 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)