Monday, 15th June, 2026
वि.स.

थाहा नगरसभाबाट ९४ करोडको बजेट पास

मकवानपुर थाहा नगरपालिकाको छैठौं नगरसभा सम्पन्न भएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ बमोजिम वार्षिक दुई पटक स्थानीय तहहरुले गर्नुपर्ने नगरसभा अन्तर्गत १७ माघमा थाहा नगरपालिकाको सभा सम्पन्न भएको हो । 

नगरपालिकाले यसपटक उद्घाटन र बन्दसत्र गरी दुई सत्रमा नगरसभा संचालन गरेको थियो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीको प्रमुख आतिथ्यमा भएको नगरसभामा राष्ट्रिय सभा सदस्य रामनारायण विडारी, प्रतिनीधि सभा सदस्य विरोध खतिवडा विशेष अतिथी रहेका थिए । कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनीधि तथा स्थानीय संघसंस्थाका प्रतिनीधिहरुको सहभागिता रहेको थियो । 

पाँचौ नगरसभाले पास गरेको ७१ करोड ४१ लाख७१  हजार बजेटलाई संशोधन सहित ९४ करोड ३० लाख ५ हजार रुपियाँको संशोधित बजेट पास गरेको हो । सभाले आर्थिक वर्ष २०७६/०७७ का लागि कुल चालुतर्फ ७ करोड १५ लाख ३० हजार, पुँजीगततर्फ ५४ करोड १५ लाख ३४ हजार, सशर्त अनुदान २० करोड ३९ लाख ४१ हजार, समपुरक अनुदान २ करोड ६० लाख र सामाजिक सुरक्षा तर्फ १० करोड गरी जम्मा ९४ करोड ३० लाख ५ हजार संशोधित बजेट १७ माघमा सम्पन्न छैठौं नगरसभाले पास गरेको हो । 
 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०