nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरपालिकालाई दिव्य ताराबाट कपडाको मास्क सहयोग

IMGL0825-1587005063.JPG

मकवानपुर हेटौंडामा मुख्य कार्यालय रहेको दिव्य तारा बहुउद्देश्यीय सहकारी संस्थाको तर्फबाट नगरपालिकालाई आठसय थान साधारण (कपडाको) मास्क सहयोग भएको छ । सहकारीकी अध्यक्ष  महालक्ष्मी डिना उपाध्यायले नगरपालिकामै आएर उक्त सहयोग गरेकी हुन् । 

नेपाली काँग्रेसकी नेतृ तथा पूर्व जलस्रोत राज्यमन्त्री समेत रहेकाी उपाध्ययाले थाहानगरमा कोरोना रोकथाम तथा नियन्त्रण अभियानमा सहयोग पुगोस् भने आफूहरुले सहयोग गरेको बताइन् । विपदको यस्तो अवस्थामा सहकारकिो तफबाट भएको सहयोगप्रति नगर प्रमुख लवशेर विष्टले आभार व्यक्त गर्दै सबैसंग सहकार्य गरेर विपद विरुद्धको अभियानमा अघि बढ्ने बताए ।

कार्यक्रममा थाहा नगरपालिकाका उप प्रमुख खड्ग गोपाली, दिव्यतारा बहुउद्देश्यीय सहकारी संसथा सम्पर्क कार्यालय पालुङका अध्यक्ष भरत गोपाली, नेपाली काँग्रेसका अन्य नेता तथा कार्यकर्ताहरुको सहमेत उपस्थिती रहेको थियो ।