Friday, 19th June, 2026
वि.स.

थाहा नगरपालिकामा १५ शैयाको अस्पतालकाे भोलि शिलान्यास

hospital-1606639014.jpg

मकवानपुरको थाहा नगरपालिकामा १५ शैयाको अस्पताल निर्माण गरिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको लगानीमा थाहा नगरपालिकामा १५ शैयाको अस्पतालकाे १५ मंसिरमा शिलान्यास गरिने भएको छ ।

थाहा नगरपालिकामा अस्पतालको मकवानपुर क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभाका सदस्य विरोध खतिवडा र बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले अस्पतालको शिलान्यास गर्ने भएको नगरपालिकाका प्रमुख लवशेर बिष्टले जानकारी दिए । उनका अनुसार थाहा नगरपालिका वडा नम्वर – ४ क्याम्पाडाँडामा अस्पताल निर्माण गरिने भएको हो । 

अस्पतालको लागि हाल १ करोड रुपैँया प्राप्त भएको नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेलले जानकारी दिएका छन् । उनका अनुसार अस्पताल निर्माणको लागि कूल १८ करोड ६ लाख ८२ हजार लागत अनुमान गरिएको छ ।

अस्पतालको लागि डिपिआर तयार भइसकेको र हप्तादिनभित्र टेन्डर आह्वान गरी आफ्नो कार्यकालभित्रै अस्पताल निर्माणको काम सम्पन्न गर्ने मेयर बिष्टले बताए ।

 



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०