nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरपालिकाबाटै श्रम स्वीकृति

shram-swkriti-1696399921.jpg

वैदेशिक रोजगारीमा जाने नगरबासीहरूलाई थाहा नगरपालिकाले पालिकाबाटै श्रम स्वीकृतिको सहजीकरण गरिरहेको छ । नगरपालिकाबाट गत बैशाखबाटै श्रम स्वीकृतिका लागि सहजीकरण गरिरहेको र अहिलेसम्म दर्जनौँ युवाहरुले श्रम स्वीकृति प्राप्त गरिसकेको थाहा नगरपालिकाको रोजगार सेवा केन्द्रले जनाएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत् रहेको बैदेशिक रोजगार बोर्डको सचिवालयले पालिकामा रहेका रोजगार संयोजकहरुलाई श्रम स्वीकृतिबारे अभिमुखीकरण गरेपछि पालिकामै श्रम स्वीकृतिको काम हुन थालेको हो । 

वैदेशिक रोजगारमा जाने युवाले यसअघि काठमाडौं गएर श्रम स्वीकृति लिनुपर्ने बाध्यता अब हटेको थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए । ‘काठमाण्डौँ गएर श्रम स्वीकृति लिनुपर्दा सेवाग्राहीलाई झण्झट हुन्थ्यो, लागत पनि बढी पथ्र्यो, तर अब स्थानीय सरकारबाटै सेवा सुरू भएपछि सहज भएको छ,’ उनले भने । 

पालिकाको सहजीकरणमा श्रम स्वीकृतिको लागि आनलाइनबाट आवेदन दिएपछि काठमाडौँसहित प्रदेश स्तरका श्रम तथा रोजगार कार्यालयबाट श्रम स्वीकृति हुने व्यवस्था छ ।  पालिकाको रोजगार सेवा केन्द्र, बैदेशिक रोजगार बोर्डको सचिवालय, बैदेशिक रोजगार विभाग र रोजगार कार्यालयहरुको समन्वयमा अनलाइन प्रणालीबाटै श्रम स्वीकृति प्राप्त हुन्छ । 

श्रम स्वीकृतिका लागि सम्बन्धित व्यक्तिले पासपोर्ट र भिसासम्बन्धी कागजात लिएर आउनुपर्ने हुन्छ । सम्बन्धित व्यक्तिले ल्याएको कागजातका आधारमा रोजगार केन्द्रले सोसम्बन्धी स्वीकृतिका लागि आवश्यक सहजीकरण गरिदिने थाहा नगरपालिकाका रोजगार संयोजक कुमार नेगीले बताए । पालिकाबाट नयाँ श्रम स्वीकृतिको भन्दा पुनः श्रम स्वीकृतिका लागि बढी सहजीकरण हुन्छ । अहिलेसम्म पुनः श्रम स्वीकृतिका लागि धेरै युवाहरु सम्पर्कमा आएको नेगीले बताए । नयाँ श्रम स्वीकृतिका लागि बायोमेट्रिक, मेडिकल सर्टिफिकेट र अभिमुखीकरण अनिवार्य भएको र सोको लागि काठमाडौँ नै जानुपर्ने भएकोले नयाँ श्रम स्वीकृतिका लागि भने युवाहरु सहर नै जाने गरेका छन् । 

नेगीका अनुसार पुनः श्रम स्वीकृतिका लागि भने पुनः बायोमेट्रिक, मेडिकल सर्टिफिकेट र अभिमुखीकरण आवश्यक पर्दैन । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)