Tuesday, 16th June, 2026
वि.स.

थाहा नगरपालिकाका ४ सहित ११ जना हेटौडाको कोरोना आइसोलेसन वार्डमा

hetauda-1589521015.JPG

मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नंबर ४ मा रहेको कोरोना आइसोलेसन वार्डमा मकवानपुरका ९ सहित ११ जना भर्ना भएका छन् ।

कोरोना आइसोलेसन वार्डका संयोजक भोलाप्रसाद चौँलागाईले दिएको जानकारी अनुसार ति ११ जना मध्ये १ जना रौतहटका, एक जना सिन्धुलीका हुन भने बाँकी मकवानपुका हुन् ।

जसमध्ये ४ जना थाहा नगरपालिका वडा नंब २,३ र ४ निवासी हुन ।उनीहरु विरगंजबाट आएका थिए । हेटौँडा ५ का ३ जना ब्यक्तिहरु पनि आइसोलेसनमा छन । उनीहरु काठमाण्डौँबाट आएका थिए भने हेटौँडा १८ का दुईजना पनि विरगंजबाट आएका हुन् ।



https://thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०