nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरको बज्रवाराहीमा भएको धार्मिक तथा शैक्षिक महोत्सवमा २ करोड २६ लाख संकलन

मकवानपुर थाहानगरको बज्रवाराहीमा संचालन भएको ‘मकवानपुर थाहा बज्रवाराही धार्मिक तथा शैक्षिक महोत्सव २०७३’ मा २ करोड २६ लाख नगद नै संकलन भएको छ । महोत्सवको अन्तिम दिन २२ पौषमा मात्रै २० लाख संकलन भएको थियो ।  महोत्सवको जिन्सी विवरणको मूल्याङ्कन भइसकेको छैन ।

शैक्षिक तथा धार्मिक महोत्सवको २२ पौषमा भव्य समारोहकाबीच समापन गरिएको छ । समापनसंगै अन्तराष्ट्रिय कथा बाचक श्री गोबिन्द शरण महाराज लगायतका टोलीको भब्य बिदाई गरिएको छ । 

समापन कार्यक्रममा पर्यटन राज्य मन्त्री इन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यमा समापन गरिएको थियो । मन्त्री बानियाँले आफ्नो एक महिनाको तलब क्याम्पस निर्माणका लागि दिने र एउटा कोठा निर्माण गरिदिने बचन दिएकाछन् । थाहानगरको बज्रवाराही उच्च माविलाई देशकै नमुनाब बनाउने तथा क्याम्पस संचालनको लागि महोत्सवको आयोजना गरिएको हो ।  कार्यक्रमको अवसरमा दान गर्ने, कथा श्रवण गर्ने, प्रत्येक्ष वा अप्रत्यक्ष रुपमा सहयोग। सहकार्य गर्ने सम्पूर्ण संघसंस्था, व्यक्ती लगायतलाई मूल आयोजक समितिका अध्यक्ष महेश्वर सुवेदीले धन्यवाद दिए ।

बज्रवाराही उच्च माविको प्राङ्गणमा भएको महोत्सव १५ पौषमा मकवानपुर २ नम्बर क्षेत्रका सांसद सुभाषचन्द्र ठकुरीले उद्घाटन गरेका थिए ।