Tuesday, 1st September, 2026
वि.स.

थाहा नगरका ७ जनामा कोरोना संक्रमण पुष्टि

thaha-update-1603102472.jpg

मकवानपुरमा थप २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । किटजन्य रोग तथा अनुसन्धान तालिम केन्द्र, प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा २४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा थाहा नगरका ७ जना ,हेटौंडा उपमहानगरपालिकाका १३ जना,  मनहरीका दुई जना र राक्सिराङका एक जना रहेका छन् । त्यस्तै मकवानपुरमा बसोबास गर्दै आएका सुनसरी र चितवनका एकएक जनामा कोरोना पुष्टि भएको हो । संक्रमण पुष्टि हुनेहरुमा ९ महिला र १५ पुरुष रहेका छन् ।

यसअघि आज बिहान मात्रै हेटौंडा उपमहानगरपालिकाका ३३ सहित ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । 

No description available.



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif