nakuhine-bastu-sankalan-1706086939.jpg
Wednesday, 24th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा नगरकाे धार्मिक क्षेत्रहरुकाे निरिक्षण पछि यस्तो अायाे अभिव्यक्ति

 थाहानगरपालीका अन्तरगत टिस्टुङ्ग , पालुुङ्ग र दामन क्षेत्र आसपास अन्तरगत रहेका धार्मिक स्थलहरुको अनुसन्धान तथा निरिक्षणको शिल शिलामा मिति २०७५ चैत्र २२ गते लियो क्लव अफ पिस थाहानगरका अध्यक्ष तथा गोरखनाथ मन्दिर संरक्षण समितिका अध्यक्ष साथै समाजसेवी गणेश प्रसाद बिष्टको अध्यक्षतामा भएको सो कार्यक्रममा गाेरखनाथ कल्याण केन्द्रका संस्थापक अनन्त खनाल , अधिबक्ता तथा पत्रकार बिपिन हुँमागाई लगायत स्थानीय युवाहरुको सहभागीतामा सम्पन्न कार्यक्रममा थाहानगरपालीका भित्रका धार्मिक तथा ऐतिहासिक स्थलहरुको निरिक्षण कार्य सम्पन्न भएको छ । उक्त कार्यक्रममा समाजसेवी तथा नेपाल संरक्षण अभियानका केन्द्रिय संयोजक बिष्णुप्रसाद शर्मा कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो । प्रमुख अतिथि शर्माले मकवानपुर जिल्ला अन्तरगतको थाहानगरपालीका भित्रका ऐतिहासिक तथा धार्मिक स्थलहरुको संरक्षण तथा सम्वर्दनका लागी स्थानीय बासिन्दाले देखाउनु भएको प्रतिवद्दतालाई सरकारी स्तरले पनि सहयोग गर्नु पर्ने कुरा बताउनु भयो । कार्यक्रममा बोल्दै शर्माले सरकारको उपस्थिती र सहयोग धार्मिक स्थलहरुमा प्रत्यक्ष नरहेको र वैदिक सनातन धार्मिक अवस्थालाई बेवास्ता गरेको र बाह्रयबाट आयातित धर्मका लागी उत्साहित भएको प्रति दुख्ख ब्यक्त गर्नु भयो । थाहानगरपालीकाले पनि यथोचित ब्यवस्थाका लागी सहयोग गर्ने छु भन्ने आशा अभियानका केन्द्रीय संयाेजक शर्माले  ब्यक्त गर्नु भयो ।

  



https://thahatimes.com/public/images/users/ganes-1555945362.jpg

गणेश विष्ट

ganeshbista955@gmail.com

विष्ट, थाहा टाइम्स डटकममा आवद्ध फोटो पत्रकार हुन् ।