nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा दिवसको उद्घाटन स्थानीय विकास मन्त्री पाण्डेले गर्ने

मकवानपुरको थाहानगरमा आयोजित दोस्रो थाहा दिवस वृहत्त समारोहको संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले उद्घाटन गर्ने भएका छन् । २६ पौष विहान ८ बजे थाहा आन्दोलनका प्रणेता दिवंगत रुपचन्द्र विष्टको जन्म जयन्तीको अवसरमा आयोजित दोस्रो थाहा दिवसको मन्त्री पाण्डले उद्घाटन गर्ने भएका हुन् । 

रुपचन्द्र विष्टको जन्मथलो मकवानपुर थाहानगरको विकास घरमा फरक सोचले कार्यक्रमको आयोजना गरेको हो । गतवर्षबाट सामाजिक क्षेत्रमा क्रियाशील स्थानीय युवाहरुको समूह फरक सोचको आयोजनामा थाहा दिवस मनाउन थालिएको हो । रुपचन्द्रको थाहादर्शनलाई फैलाउन र नयाँ पुस्तामा यसको महत्व प्रवाह गर्ने उद्देश्यले दिवस मनाउन थालिएको संयोजक यादवजंग रायमाझीले बताए । 

थाहा दिवसको अवसरमा शैक्षिक विकासका लागि मकवानपुरको दामन पालु∙ क्षेत्रमा योगदान दिनूहुने स्वर्गिय तीर्थदास स्मृति सम्मान कोषबाट स्थानीय क्षेत्रमा विभिन्न क्षेत्रमा योगदान दिने व्यक्तिलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । कोषबाट यसवर्ष सामाजिक क्षेत्र र पर्यटन विकासमा योगदान दिने व्यक्तिलाई सम्मान गरिने छ भने थाहा सम्मान अन्तर्गत एक जना पत्रकारलाई सम्मान गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच फरक सोचले थाहा दिवसको अवसरमा आयोजित सप्ताहव्यापी विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । फरक सोचले दिवसको अवसरमा थाहानगर स्तरीय अन्तर मावि निबन्ध लेखन तथा वक्तृत्वकला प्रतियोगिता, मकवानपुर उत्तरी क्षेत्र स्तरीय पुरुष खुल्ला भलिबल, थाहा भित्तेलेखन कार्यक्रमलगायतका क्रियाकलाप संचालन गरेको थियो । कार्यक्रमको अवसरमा बालबालिका र जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम पनि रहेको छ । 

थाहा नगर आइपुगेका मन्त्री पाण्डेले थाहा नगरपालिकाको चौथो नगर परिषद पनि उद्घाटन गर्ने कार्यत्रलmम रहेको छ ।