nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 5th May, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहा दिवसको अवसरमा पालुङ क्याम्पसमा निबन्ध प्रतियोगिता

THAHA1-1546576137.jpg

 

थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको ८५ औ जन्मजयन्तीको अवसरमा पालुङ बहुमुखी क्याम्पसस्तरीय निबन्ध लेखन प्रयोगिता सम्पन्न भएको छ । थाहा नगरपालिकासंगको समन्वय तथा फरकसोच अभियानको आयोजनामा प्रतियोगिता भएको हो । विष्टको जन्मजयन्ती यहि पौष २६ गते पर्दछ । यस दिनलाई थाहा दिवसको रुपमा मनाईदै आएको छ । 
‘रुपचन्द्र विष्ट र थाहा दर्शन’ विषयक निबन्ध लेखन प्रतियोगितामा ७ जनाले विद्यार्थीले भाग लिएका छन् ।  कार्यक्रममा पालुङ बहुमुखी क्याम्पस प्रमुख रामहरी अधिकारी, प्राध्यापकहरु दिपकसिं विष्ट, राजन मिश्र, तोयानाथ काफ्ले, प्रकाश पौडेल तथा फरक सोचका रामकुमार कार्की तथा सुरजकुमार भुजेलको विशिेष उपस्थिती रहेको थियो । 
विष्टको जन्म जयन्तीको अवसरमा मावि स्तरीय हाजिरी जवाफ, दशजोड दुईस्तरीय वक्तृत्वकला प्रतियोगिता, महिला पुरुष खुल्ला दौड प्रतियोगितालगायतको कार्यक्रमहरु संचालन हुने फरकसोच अभियानका संयोजक यादवजंग रायमाझीले जानकारी दिए । फरकसोच अभियानले वर्षेनी रुपचन्द्र विष्टको जन्मोत्सवको अवसरमा विधि कार्यक्रमहरु संचालन गर्दै आएको छ । 
 



https://thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)