nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 25th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहामा सञ्चालित तीन दिवसिय होम–स्टे तालिम सम्पन्न

मकवानपुरको थाहा नगरपालिकामा सञ्चालित तीन दिवसिय होमस्टे तालिम सम्पन्न भएको छ । थाहा नगरपालिका नगर कार्यपालिकाको आयोजनामा सञ्चालित तालिम जेठ २० गते सुरु भै आज अर्थात जेठ २३ गते सप्पन्न भएको हो । थाहा नगरपालिकामा रहेर पर्यटन विकासका लागि होमस्टे सञ्चालन गरि व्यवसाय सुरु गर्न इच्छुक व्यक्तिहरुलाई लक्षित गरि नगरपालिकाले तालिमको आयोजना गरेको हो ।

३ दिने तालिममा दिवा समय सैद्धान्तिक विषयमा प्रशिक्षण र छलफल गरिएको थियो भने बिहान र बेलुकाको समयमा व्यवहारिक रुपमा अभ्यास गराइएको थियो । थाहा नगरपालिका वडा नं ६ बज्रबाराहीमा सञ्चालन भएको तालिममा सहभागीहरुलाई कुञ्चाल र पापुङको होमस्टेहरुमा राखी व्यवहारिक अभ्यास गराइएको थियो । उनिहरुलाई व्यवहारिक रुपमै होमस्टे कसरी सञ्चालन गर्ने, अतिथिलाई कस्तो व्यवहार गर्ने लगायत विविध विषयमा अभ्यास गराइएको थाहा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख अनिल लामिछानेले जानकारी दिए ।

जेठ २० गते थाहा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक किरणमान बलको सभाध्यक्षतामा सञ्चालित औपचारिक कार्यक्रममा थाहा नगरपालिकाका नगरप्रमुख लबशेर विष्टको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख खड्ग गोपालीको विशिष्ट आतिथ्यतामा तालिम सुरु भएको थियो ।

तालिममा कुञ्छाल, पापुङ, आग्रा, चिसापानी, जगडाँडा लगायतका स्थानबाट नयाँ होमस्टेको सञ्चालन गर्न तत्पर ४५ जनाको सहभागिहरु रहेका थिए । तालिममा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पशुपति न्यौपाने, पर्यटन व्यवसायी बुद्ध रत्न मानन्धर र सुशान श्रेष्ठले प्रशिक्षण गराएका हुन् ।



https://thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।