Thursday, 27th August, 2026
वि.स.

थाहामा बाढीले बगाएको सडक पुनर्निर्माण

तजबजब-156386321-1563878811.png

उत्तरी मकवानपुरको थाहा नगरपालिकामा बाढीले बगाएको दामन–डाँडाबास सडक खण्डमा पुनर्निर्माण गरेर सडक सुचारु गरिएको छ । थाहा नगरपालिका वडा नं. ३ को भुङदाल देखि बागेखोला सम्मको सडक गत २९ असार रातिको समयमा आएको बाढीले बगाएको थियो । मकवानपुरको थाहा नगरपालिकाको घर्तिखोला, डाँडाबास, धादिङ हुँदै चितवनसम्म जोडिने सो सडकको घर्तिखोलामा बाढीले बगाएको एक किलोमिटर सडक पुननिर्माण गरेर सवारी सुचारु गरिएको हो । 

थाहा नगरपालिका–३, घर्तिखोलामा आएको बाढीले सडक बगाउँदा मकवानपुरको थाहानगरसहित कैलाश गाउँपालिका, धादिङको किरान्चोक, पिडा, महादेवस्थान लगायत क्षेत्रका बासिन्दाहरुलाई आवागमनमा समस्या परेको थियो । 

थाहा नगरपालिका ३ नं वडा कार्यालय र स्थानीय बासिन्दाको पहलमा एक्साभेटरको प्रयोग गरी सडक पुनर्निर्माण गरिएको हो । बाढीले सडक बगाए लगत्तै नगरपालिकाको बजेटबाट प्रति घण्टा ४ हजार ७ सय रुपियाँको दरले एक्साभेटर लगाएर सडक बनाइएको थाहा–३ का वडा अध्यक्ष राजेश केसीले बताए । सवारी सुचारु भएपछि कृषकहरुले उत्पादन गरेको तरकारी बजारसम्म पु¥याउन सहज भएको छ ।
 



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif