Wednesday, 21st October, 2026
वि.स.
pustakalay-1792211853.jpg

थाहामा तीन दिनमा ७१ सय बाख्रामा पिपिआर बिरुद्धको खोप लगाइयो

1709378586280-1709378707-1709394361.jpg

थाहामा बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइने क्रममा हिजो र आज ४८ सय बाख्रा,बोका खसीहरुलाई खोप लगाइएको छ । थाहाको वडा जनप्रतिनिधि हरुसंगको  सहकार्यमा बाख्राहरुलाई पिपिआरविरुद्धको खोप लगाइएको खोप कार्यक्रमका सहजकर्ता तथा थाहा नगरपालिकाका पशु प्राविधिक रुपेश कुमार मिश्रले जानकारी दिए। फागुन १६ गते बाट २२ गते सम्म खोप अभियान सञ्चालन हुने मिश्रले बताए।

प्रत्येक पालिकाको पशु शाखा तथा खोपकर्ताहरु परिचाल गरेर अभियानको रुपमा पिपिआर विरुद्धको खोप दिइन लगिएको उनले बताए । पिपिआर रोग लागेमा त्यसको औषधि नहुने र त्यो रोगबाट बचाउने एकमात्र उपाय खोप भएकाले पिपिआर विरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको हो ।

थाहा नगरमा १७ हजार डोज खोप प्राप्त भएकोमा तीन दिनमा ७१ सय डोज खोप लगाइएको छ। खोपका लागि सबै वडामा अहिले खोपकर्ताहरु परिचालन गरिएका छन् । उनिहरुले गाउँगाउँमा गएर खोप लगाइरहेका छन ।

बाख्रामा पिपिआर रोग लागेमा पखाला लाग्ने, र्याल सिगान बगाउने, उच्च ज्वरो आउनेलगायत लक्षण देखा पर्ने र अन्त्यमा बाख्रा मर्ने थाहा नगरपालिकाका पशु प्राविधिक रुपेश कुमार मिश्र बताउछन। बाख्राहरुलाई पिपिआर विरुद्धको खोप लगाउन पनि सबै किसानलाई आग्रह गरिएको छ ।
अभियान २२ गते सम्म चल्ने छ।



https://thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Rabindra-1792211870.jpg
Rajan-Dhakal-1792211893.jpg
Rupesh-Kumar-1792211916.jpg